नेपालगञ्जमा कोभिड–१९ महामारीबारे सचेतना मुलक र्याली

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १३:४८
 

नेपालगञ्ज : कोभिड–१९ महामारीबारे सचेतना फैलाउने उद्देश्यले बिहीवार नेपालगञ्जमा र्याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, कशौधन वैश्य समाजलगायतका संघसंस्थाको सहयोग र समन्वयमा सचेतनामुलक र्याली निकालिएको हो ।

त्रिभुवन चोकबाट शुरु भएको उक्त र्याली सदरलाईन, त्रिवेणी मोड, बागेश्वरी टोल, घरवारीटोल हुँदै धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै बाँकेका एसपी श्याकृष्ण अधिकारीले कोभिड–१९ महामारीबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न आव्हान गरे ।


उनले तेस्रो लहरको जोखिम समेत बढ्दै गएकाले मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यरुपमा गर्न आग्रह गरे ।

यस्तै कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले पहिलो र दोस्रो लहरको कोरोनाले ठूलो मानवीय क्षती गरेको उल्लेख गर्दै अव तेस्रो लहरबाट जोगिन सरकारले जारी गरेका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरे ।

र्यालीमा सचेतनामूलक माइकिङ गर्नुका साथै पर्चा, पम्प्लेट, मास्क वितरण गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुको आग्रह

१४ श्रावण २०७८, बिहीबार १३:४८
नेपालगञ्ज : कोरोना संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिले देखि नै तयारी थाल्नुपर्ने विज्ञहरुको सुझाव छ । अस्पतालहरुमा अक्सिजनलगायत […]