कोरोना संक्रमण बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुको आग्रह

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १३:५२
 

नेपालगञ्ज : कोरोना संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिले देखि नै तयारी थाल्नुपर्ने विज्ञहरुको सुझाव छ । अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन विज्ञहरुले राय दिएका छन् ।


निषेधाज्ञा खुकुलो भएसँगै लापरबाही भएकोले पनि संक्रमण बढेको भन्दै भेरी अस्पताल नेपालगन्जका कोभिड फोकलपर्सन डा संकेत रिसालले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिए ।

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा संक्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जले असारमा मात्रै ३४ करोड बढी खर्च गर्यो

१४ श्रावण २०७८, बिहीबार १३:५२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले असार महिनामा मात्रै ३४ करोडबढी रकम खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७–८८ मा विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले असार महिनामा ३४ करोड ६ लाख ९७ हजार चार सय ४९ रुपैयाँ खर्च गरेको हो । जुन कूल बजेट १ अर्ब ४१ करोड ६६ लाख ६१ हजार सात […]