जैन परिवारको सहयोगमा भेरीलाई खानेपानी

सदरलाइन संवाददाता १२ जेष्ठ २०७८, बुधबार १७:२७
 

नेपालगञ्ज : लायन्स क्लव अफ सिटि एमजेएफ लायन्स सन्जय जैनको परिवारले भेरी अस्पताल हाताभित्र शुद्ध खाने पानी उपलब्ध गराउन सहयोग गरेका छन् ।

बुधबार करिव १ लाख ८० हजार रकम मुल्य बराबरको वाटर प्युरीफाई मसिन जडान गराई सहयोग गरेका हुन् ।

अन्जनी माता रसोई भान्सा घरमा खाना खाने सर्वसाधारणलाई पीउनेपानीको समस्या देखिएपछि तातो चिसो पानी पीउने ब्यवस्था मिलाई दिएका छन् ।


महामारीमा अस्पतालमा स्वास्थ्य उपचार गराउन भेरी अस्पताल हाताभित्र पुग्नेहरुलाई समेत स्वच्छ पानी पीउन पाउन भन्ने उदेश्यले जैन परिवारले आमा स्व.सावित्री देवि जैनको सम्झनामा बुधबार अस्पतालका मेसु डा.प्रकाश थापाको उपस्थितिमा प्युरिफाई मेशिन हस्तान्तरण गरेका हुन् ।

यस क्षेत्रमा जडीबुटी ब्यवसाय गरिरहनुभएका जैन परिवारले कोरोना महामारीमा समेत सामाजिक कार्यमा निरन्तर सहयोग जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्जनी रसोईलाई स्वास्थ्यकर्मी संघको सहयोग

१२ जेष्ठ २०७८, बुधबार १७:२७
नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले अन्जनी माता रसोईलाई बुधवार आर्थिक सहयोग गरेको छ । भेरी अस्पतालमा कोभिडका विरामी र कुरुवालाई खाना खुवाउँदै आएको रसोईलाई संघले १५ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको हो । संघले स्थापना दिवसका अवसरमा रसोईलाई सहयोग गरेको संघ बाँकेका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिए […]