पाटेबाघले बाँकेको कुसुममा मान्छे खायो

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १३:०७
 

नेपालगञ्ज : बाँके निकुञ्जबाट आएको पाटेबाघले एक जनालाई मारेर खाएको छ । पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम नजिकै रहेको गाभर गाउँमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने ब्यक्तिलाई मारेर खाएको हो ।

आइतवार बेलुकीदेखि हराइरहेका अन्दाजी ४५ बर्षका “भैया“ भनेर सबैले बोलाइने ती ब्यक्तिको खोजी कार्य गर्दा सोमवार बिहान आधा शरीर पाटेबाघले खाइसकेको अवस्थामा राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र फेला परेको स्थानीयहरुले जानकारी दिएका छन् ।


बाघ आइतवार दिनभर गाभर गाउँ नजिक आएर कराइरहेको र आइतवार साँझ नै गर्मी छल्न होटेलदेखि नजिकैको पुलमा आएर बसेको बेला ती “भैया“ भन्ने ब्यक्तिलाई झम्टेर जङ्गलभित्र लगेर बाघले मारेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुई दिनअघि मात्र बाघले गाउँमा बाख्रा र बाच्छो मारेको हो । निकुञ्जभित्र दुई जोडी पाटेबाघ रहेको समेत स्थानीयहरुले जानकारी दिएका छन् ।

त्यहाँका युवाहरुले समेत बाघ गाउँ नजिक दैनिकरुपमा आइरहेको बताए । ती ब्यक्तिको शव फेला परेको स्थानमा प्रहरी, जनप्रतिनिधि, स्थानीय जम्मा भएका छन् । बाघ यसरी दैनिक रुपमा गाउँ नजिक आउने भएका कारण त्यहाँका स्थानिय मात्र नभएर मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु पनि बाघको सिकार हुने सम्भावना बढेको प्रष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ८ संक्रमित थपिँदा ५ जना डिस्चार्ज

२८ भाद्र २०७८, सोमबार १३:०७
नेपालगञ्ज : बाँकेमा सोमवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११९ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ६३ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टिभएको छ । […]