कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मालाई

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १८:१८
 


काठमाडौं  : सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।


अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ । दृष्टि अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट

१२ श्रावण २०७८, मंगलवार १८:१८
काठमाडौं  : नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम ‘एवाइवान’ राखिएको छ । मन्त्रालयका सह प्रवक्ता […]