मझगाउँ एयरपोर्ट निर्माणका लागि त्रिपक्षीय सम्झौता

सदरलाइन संवाददाता ३ फाल्गुन २०७७, सोमबार १७:०३
 

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थलका निर्माणका लागि सोमवार त्रिपक्षीय सम्झौता भएको छ । काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने छन् ।


मझगाउँ एयरपोर्ट गौचरणमा परिणत भएको धेरै समय भइसकेको छ । यो एयरपोर्ट स्ञ्चालनका लागि स्थानीय सरोकारवालाले आवाज उठाउँदै आएका छन् ।

Next Post

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि श्रीपञ्चमी मनाईंदै

३ फाल्गुन २०७७, सोमबार १७:०३
नेपालगञ्ज : मंगलवार श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका […]

सम्बन्धित