‘गठबन्धनको सहमतिमै प्रधानन्यायाधीशमाथि महाअभियोग’

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १२:५१
 

बर्दिया : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् ।

बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक सोमबार बिहान विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख गरे ।


पूर्व सभामुखसमेत रहेका महराले राष्ट्रिय हित बिपरित एमसिसी पास हुन नसक्ने धारणा व्यक्त गरे । कार्यकर्ताले राखेको जिज्ञासामा उनले पार्टी शहरीया र वुर्जुवाकरण हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरे ।

पत्रकार महताराले जनयुद्धको समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई पुस्तकमा समेटेका छन् । पुस्तकका बारेमा प्रेस सेन्टर, नेपालका पूर्व अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा.दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्व सचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ३० जनामा कोभिड पुष्टि

२ फाल्गुन २०७८, सोमबार १२:५१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २२ र एन्टिजेन परीक्षणबाट ८ गरी ३० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । भेरी अस्पतालको पीसीआर ल्यावमा १५, कोहलपुर मेडिकल कलेजमा ५ र […]

सम्बन्धित