नौ जना थपिएसँगै संक्रमितको संख्या ४५३ पुग्यो

८ जेष्ठ २०७७, बिहीबार १६:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिहीवार नौ जना कोराना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
रुपन्देहीका १ जना २७ वर्षीय पुरुष, झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ३ सय ८३ पुरुष र ७० जना महिला रहेको मन्त्रलायले जनाएको छ ।
टेकु अस्पतालबाट बिहीवार ४ जना निको भएर डिस्चार्ज भएपछि घर फर्किनेको संख्या ४९ पुगेको छ । टेकु अस्पतालबाट २३ र २५ वर्षीय महिला तथा ३७ र २७ पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रलायको भनाई छ । कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

Next Post

एकल महिला र अपांगता भएकालाई सामाजिक सुरक्षा भत्ता दिन ऐन संशोधनको तयारी

८ जेष्ठ २०७७, बिहीबार १६:३८
सदरलाइनडटकम, काठमाडौं : एकल महिला र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरु तेस्रो चौमासिकदेखि सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएपछि सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । ऐन संशोधनको ड्राफ्ट अर्थ र कानुन मन्त्रालयमा सहमतिका लागि पठाइएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, […]