विषादी सेवनले भेरी अस्पतालमा एक बालकको मृत्यु

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १३:२१
 

नेपालगञ्ज : सल्यानको बागचौर नगरपालिकामा विषादी सेवनबाट एक बालकको मृत्यु भएको छ । विषादी सेवनबाट बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आई नुभान नामक विषादी सेवन गरेका थिए ।


विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेकी थिइन् । बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा रवीनको मृत्यु भएको खनालको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करोडौंका होल्डिङ सेन्टर अलपत्र अवस्थामा

२४ बैशाख २०८०, आईतवार १३:२१
नेपालगञ्ज : कोरोना संक्रमणको दोस्रो लहरपछि सरकारले दक्षिणी नाकामा बनाएको सुविधासम्पन्न होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् । संघीय सरकारले नेपाली सेनामार्फत ०७८ सालमा पूर्वको काँकडभिट्टादेखि पश्चिम गड्डाचौकीसम्मका सातवटा नाकामा सेन्टर निर्माण गरेको थियो । त्यसका लागि ललितपुरको हनुमान कन्स्ट्रक्शन कम्पनीलाई एकै डिजाइनमा बनाउने गरी ठेक्का दिइएको थियो । नाकामा परीक्षण गरेर संक्रमण […]