बाँके प्रहरीद्वारा कोठा भाडामा लिएर ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीयसहति ३ जना सार्वजनिक

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १५:२६
 


नेपालगञ्ज   : बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर दिव्य खड्काको ३ तले घरबाट उनीहरुलाई नियन्त्रणमा लिर्एको हो ।

नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका भारतको बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षिय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षिय मुस्तकिम सिद्दिकी र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाई सो ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जानकारी दिए ।


प्रहरीले उनीहरु बस्ने कोठामा खोजतलास गर्दा सलमानले लगाएको हापपैन्टको अगाडिको पकेटबाट ४३ ग्राम १ सय ५० मिलिगाम ब्राउन सुगर र डिजिटल तराजु ३ थान विभिन्न ब्राण्डका मोबाईलसमेत बरामद गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका सलमानको साथबाट ‘दिल्ली क्राईम नेशनल न्यूज पेपरको नामबाट जारी प्रेसकार्डसमेत बरामद भएको छ । सो कोठा नेपालगञ्जमा सुनको काम गर्दै आएका मुस्तकिमले भाडामा लिएका थिए ।

बाँके प्रहरीको नेतृत्व फेरिएसंगै गत असार १३ गते यो समेत गरेर ९४ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर, २ लिटर ६ सय मिलिलिटर कोरेक्स, ३ सय ३० नाईट्रोभ्याट ट्याब्लेटसहित १९ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १५ जनामा कोरोना पुष्टि, ६ जना डिस्चार्ज

९ श्रावण २०७८, शनिबार १५:२६
नेपालगञ्ज : बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २४२ नमुना जाँच गर्दा थप १५ जना संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा १२३ नमुना परीक्षण गर्दा ११ जना, मेडिकल कलेजको प्रयोगशालामा ८२ नमुना […]