लैङ्गिक हिंसा न्यूनिकरणका लागि अन्तरक्रिया

सदरलाइन संवाददाता ९ मंसिर २०७९, शुक्रबार १४:२८
 

सुर्खेत : कर्णाली प्रदेशमा लैङ्गिक हिंसा न्यूनिकरण सम्वन्धी अन्तरक्रिया गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा कर्णालीमा विद्यमान लैङ्गिक हिंसाको अवस्था र न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । प्रदेश सुशासन केन्द्रको आयोजना र ईन्टरनेशनल आइडिया, युएनडिपीको संसद सहयोग परियोजना र जि.आई.जेडको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रमुख सचिव डाक्टर गोपिकृष्ण खानालले लैङ्गिक हिंसाको अन्त्यका लागि विद्यालय तहबाटै सुरु गर्नु पर्ने बताए । सचिव खनालले शिक्षामा बढवा दिन सके समाजमा हिंसाको अन्त्य हुने धारण राखे ।


यस्तै सचिव खनालले महिलालाई खेलकुदका माध्यमबाट आत्मरक्षा तालिम र रोजगारीका क्षेत्रमा जोड्न सके लैङ्गिक हिंसा घट्ने उल्लेख गरे । यस्तै मुख्यमन्त्री कार्यालयका सचिव आन्नद सारुले संघीय साशन प्रणालीमा जनता स्थानीय सरकारको साथमा रहेकाले समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारहरु जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सेवा प्रवाहमा स्थानीय सरकार नजिकको सरकार भएकाले महिला हिंसा अन्त्यका लागि जिम्मेवार बनाउँन क्षेत्राधिकार निर्धारण गरी स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले घोषणा पत्र जारी गर्न लागेको सचिव सारुको भनाई छ । कार्यक्रममा प्रदेश सुशासन केन्द्रकी पूजा भण्डारीले कार्यक्रममा बारेमा प्रकाश पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एचसीआरसी अस्पतालमा लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा

९ मंसिर २०७९, शुक्रबार १४:२८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित चारबाहिनी रोडमा रहेको एचसीआरसी अस्पतालले पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक लेजर प्रविधिबाट ‘सौन्दर्य केयर’ सेवा सुरु गरेको छ । अस्पतालमा शुक्रबार बिहान एक औपचारिक कार्यक्रमका बीच उक्त सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणाले […]