बाँकेमा १५ जनामा कोरोना पुष्टि, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १७:२५
 

नेपालगञ्ज : बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २४२ नमुना जाँच गर्दा थप १५ जना संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा १२३ नमुना परीक्षण गर्दा ११ जना, मेडिकल कलेजको प्रयोगशालामा ८२ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ३७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।


आज थपिएका संक्रमित मध्य ५ जना मात्र जिल्लाका छन् । हालसम्म जिल्लामा ८७ हजार ७४६ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । संक्रमणबाट निको भएर थप ६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै गएको २४ घण्टामा कोभिड संक्रमणकै कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ

९ श्रावण २०७८, शनिबार १७:२५
बैतडी : बैतडीको एक मन्दिरमा सुन चोरी भएको ६ महिनापछि सुन चोरी कार्यमा संलग्न भएका व्यक्तिहरु पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पौषमा चोरी भएको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको हो । मन्दिरको सुन चोरेको सम्बन्धमा गत चैतमा मन्दिरका […]