मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

२० चैत्र २०७४, मंगलवार १०:३५
 


सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।
उनका एक छोरा, एक छोरी छन् ।

Next Post

सहकारी दिवश मनाइदै

२० चैत्र २०७४, मंगलवार १०:३५
सदरलाइनडटकम २० चैत, नेपालगन्ज : आज ६१ औं राष्ट्रिय सहकारी दिवस, बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाइदैछ । ‘दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा नेपालगन्जमा अहिले विहान अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम […]