राप्रपाद्वारा कृषि ज्ञान केन्द्र बाँकेमा तालाबन्दी

सदरलाइन संवाददाता १३ असार २०७९, सोमबार १५:१२
 

नेपालगञ्ज : राप्रपा बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र नेपालगञ्जमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपाले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढलगायतका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।


मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय समस्या समाधानका लागि पहल

१३ असार २०७९, सोमबार १५:१२
नेपालगञ्ज : स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसंग सम्वन्धित सवाललाई पहिचान […]