चुनावी एजेण्डाका साथ नेपालगन्जका घरघरमा वाम गठबन्धन

३ मंसिर २०७४, आईतवार २०:१६
 

सदरलाइनडटकम  

३ मंसिर, नेपालगन्ज : बाँकेमा वाम गठबन्धनका  उम्मेद्वारहरु  सभा, भेटघाट, घरदैलो जस्ता चुनाव केन्द्रित अभियानलाई तीब्र पारेका छन् । यतिबेला जित आफ्नो पक्षमा पार्न वाम गठबन्धनका उम्मेद्वारहरु विकासका एजेण्डासहित मतदाताका घरघरमा पुगेका छन् । स्थायी सरकार र संवृद्ध विकासका लागि वाम गठबन्धनका उम्मेद्वारको जित्नुको विकल्प नभएको बताउँदै आफ्नो पक्षमा मत माग्दै आएका छन् । वाम गठबन्धनले निर्वाचनपछि बाँकेका सबै क्षेत्रमा आफ्नो दरिलो उपस्थति कायम राख्ने अभियान अनुसार विकास निर्माण, युवा रोजगार लगायतका एजेण्डासहित उम्मेद्वारहरुले घरदैलो अभियानमा रहेका छन् ।

नियमित घरदैलो अभियान अनुसार आइतबार वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र, प्रदेशसभा ‘क’का उम्मेद्वार कामता खटिक र प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।


उम्मेद्वारहरुले नेपालगन्जलाई औद्योगिक शहर, पर्यटनको प्रवेशद्वार, विशेष आर्थिक क्षेत्र, भेरी अञ्चल अस्पतालको स्तरोन्नती, नेपालगन्ज विश्वविद्यालय स्थापना, प्रदेश राजधानी, बाढी पीडितको स्थायी बसोबास र डुवान कटान नियन्त्रण, युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । उम्मेद्वारहरुले नेपालगन्जको वडा नं.७ र वडा नं. २० मा घरदैलो गर्दै सो प्रतिवद्धता जनाउदै आफ्नो गठबन्धनलाई जिताउन अपिल गरेका हुन् ।

घरदैलोमा समानुपातिक उम्मेद्वारहरु, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘क’ का संयोजक अन्जना चौधरी, सहसंयोजक कप्तान पाठक, राजेन्द्र कँडेल, वडा नं. २० का अध्यक्ष कृष्ण कार्की, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, मो.हारुन, अत्तहर हुसेन फारुकी लगायत नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

Next Post

बाँकको कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा आजबाट सञ्चालनमा

३ मंसिर २०७४, आईतवार २०:१६
सदरलाइनडटकम   ४ मंसिर, नेपालगन्ज : पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गइरहेको बाँकेको कोहलपुरमा सोमवार (आज) बाट चारतारे मापदण्डको होटल सञ्चालनमा आएको छ ।  कोहलपुर नगरपालिका–४ मदनचोकमा ५० करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ल्याईंएको हो । होटल सेन्ट्रल प्लाजाका सञ्चालक तथा प्रबन्ध निर्देशक देवानन्न अर्यालले होटल सफ्ट ओपनिङ गर्न […]