सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित नेपालगञ्जमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज १० भृकुटीनगर बस्ने ३९ बर्षीय विकास पौडेल प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित आइतवार दिउँसो २ बजे पक्राउ पक्राउ परेका हुन् ।
जयसपुर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भिमबहादुर खड्काको नेतृत्वमा गएको टोलीले दुई पुडिया अर्थात् एक ग्राम ब्राउनसुगरसहित उनलाई भेरी प्राबिधिक शिक्षालय अगाडीबाट पक्राउ गरेको हो ।
उनको साथबाट भे ६ प १९२१ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब निरीक्षक खड्काले जानकारी दिए । रुपईडिहाबाट पौडेलले ब्राउनसुगर लिएर आउँदै गरेको सुचना पाएर उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको खडकाले बताए ।
