१५ दिनभित्र टहरा हटाउन नगरपालिकाको आदेश

२० माघ २०७४, शनिबार ०९:०५
 

सुर्खेत, सार्वजनिक क्षेत्रभित्र रहेका घरटहराहरुला १५ दिनभित्र हटाउन वीरेन्द्रनगर नगरपालिकाले आग्रह गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक क्षेत्रभित्र बनाइएका टहरा, छाप्रो, घुम्ती, ठेला राखी व्यावसाय नगर्न आग्रह गरेको हो ।

पहिलो पटक सूचना प्रकाशित गरी नगरपालिकाले यस्तो आग्रह गरेको छ । पहिलो पटक सुचना प्रकासित गरि १५ दिन भित्र नहटाएमा नगरपालिकाले कानून बमोजीम हटाउने जनाएको छ भने दण्ड सजाय र सामग्री समेत जफत गर्ने बताइएको छ । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले प्रदेश नं. ६ को प्रमुख शहर सुर्खेत भएकाले जथाभावि फोहोर र व्यवस्थित हुन नसकेको बताएका छन् ।


यो क्षेत्रमा रहेका विभिन्न सस्थानहरुमा जथाभावि फोहोर फाल्ने र निकासी नहुदाँ व्यवस्थापनमा कठिनाई भएको सुवेदीले बताए । त्यस्तै प्रदेशकै नमुना शहर बनाउन सबै मिडियाकर्मी, सरोकारवाला, र गैर सरकारवालाहरुको भुमिका रहने हुदाँ सबै एकजुट भई लाग्नुपर्ने उनको भनाई छ ।

नगरपालिकाले विभिन्न चरणमा गरी यस किसिमको कार्यको शुरुवात गरेको बताएको छ । नगरपालिकाका सार्वजनिक स्थलहरु अतिक्रमण गरी छैठौं प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतको सुन्दरतामा आँच आएकोले यस किसिमको कदम चालिएको बरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए ।

Next Post

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

२० माघ २०७४, शनिबार ०९:०५
रमेश गिरी/रासस भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको […]

सम्बन्धित