प्रेस चौतारीको स्थापना दिवसमा बाँकेमा दुई पत्रकार सम्मानित

सदरलाइन संवाददाता २२ माघ २०७९, आईतवार १७:२८
 

नेपालगञ्ज : प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले पत्रकार कृष्ण अधिकारी र धना केसीलाई सम्मान गरेको हो ।

अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता र केसीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका नेताहरु शिव डोटेल, पूर्णलाल चुके, रुद्र सुवेदी, भेषराज बस्नेत, जिल्ला अध्यक्ष दुर्गा रोकायले सम्मान गरेका थिए ।


दुवै जनालाई ५ हजार ५ सय रुपैयाँ नगदले पुरस्कृत गरिएको थियो । चौतारीको स्थापना दिवसको अवसरमा पार्टीका नेता र चौतारीसम्बद्ध पत्रकारका बीचमा फुटबल खेलिएको थियो ।

खेलमा नेताहरुको टीम ५–३ गोलले विजयी भयो। दिवसकै अवसरमा चौतारीले वनभोज आयोजना गरेको छ । त्यसअघि महिला पत्रकार र शिक्षिका बीचमा फुटसल खेलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प, २३० भन्दा बढीको मृत्यु

२२ माघ २०७९, आईतवार १७:२८
काठमाण्डौ : दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा […]

सम्बन्धित