सवारी साधन सञ्चालन गर्न बाँके प्रशासनको अनुमति

सदरलाइन संवाददाता ७ श्रावण २०७८, बिहीबार १५:२१
 

नेपालगञ्ज : मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्न बाँके प्रशासनले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै गृहमन्त्रालयले आवश्यक जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेगरी मध्यम तथा लामो दूरीका सवारी साधन संचालन गर्न परिपत्र गरेसँगै बाँके प्रशासनले सवारी साधन संचालनको अनुमति दिएको हो ।


यसअघि भाइरस संक्रमणको कारण जारी निषेधाज्ञा भन्दै प्रशासनले आन्तरिक सवारीसाधन बाहेक बाहिरी जिल्लाको लागि संचालनको अनुमति दिएको थिएन् ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई दृष्टिगत गरेर स्वास्थ्य मापदण्ड पालना गरेर सवारीसाधन चल्न भनिएको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज

७ श्रावण २०७८, बिहीबार १५:२१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १२१ नमुना परीक्षण गर्दा दुई जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५६ नमुना परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका दुवै जना बाँकेका हुन् । […]