आईएसआई प्रमुख बग्दादी मारिएको आशंका

१० कार्तिक २०७६, आईतवार १४:२१
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमोरिकी सेनाले इस्लामिक स्टेट (आईएसआई) का प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आशंका गरिएको छ । अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आंशका गरिएको हो । अमेरिकी सैन्य श्रोतलाई उधृत गर्दै अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने भन्दै समाचार दिएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले आइतवार अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने मात्र बताएका छन् । अरु समयमा सूचना चुहाउन निकै सक्रिय रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं पनि शनिवार रातिको आफ्नो ट्वीटमा, ‘एउटा ठूलो घटना भर्खरै भएको छ ।’ मात्र भनेका छन् । राष्ट्रपति ट्रम्पको ट्वीट उत्तरी सिरियामा गरिएको विशेष सैन्य अप्रेशनमा बग्दादी मारिएको हुनसक्नेतर्फ लक्षित रहेको आशंका गरिएको हो ।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेपनि पछि बग्दादी स्वयं एक भिडिओमार्फत सार्वजनिक भएका थिए । अमेरिकाले सन् २०११ मा बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेको थियो ।
सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइएसआईले लामो समयदेखि आतकंवादी गतिविधि चलाउँदै आएको छ । ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा २५९ जना मारिने गरी गराइएको घटनाको पनि जिम्मेवारी आईएसआईले नै लिएको थियो । सन् २०१० मा इराकमा अलकाइदा नेताका रूपमा देखिएका उनले नै पछि अरु आतकंवादी समूहलाई पनि मिलाएर इस्लामिक स्टेटको गठन गरेका थिए ।
(एजेन्सी)

Next Post

यमपञ्चक : आज गाई र गोरुको पूजा गरिँंदै

१० कार्तिक २०७६, आईतवार १४:२१
सदरलाइनडटकम, नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका […]