खजुराको पहिलो प्राथामिकतामा गुणस्तरिय शिक्षा : अध्यक्ष कक्षपति

रुद्र सुवेदी ३ श्रावण २०७८, आईतवार १७:११
 


खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले शिक्षामा बैकल्पिक प्रणालीबाट सिकाई सहजिकरणको लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ । खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गापालिकाले शिक्षालाई पहिलो प्राथामिकतामा राखेको बताउदै गुणस्तरिय शिक्षाको लागि पालिकाले प्रविधिसंग जोड्न आफुहरु निर्वाचित भए लगत्तै सुरुवात गरेको बताए ।

आईतबार खजुराको ज्ञानोदय नमुना मावि खजुरामा वैकल्पिक प्रणालिबाट सिकाई सहजिकरणको लागि आईसिटी कार्यक्रम अन्तरगत शिक्षकलाई ल्यापटप वितरण, अनलाईन कक्षाको सुभारम्भ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कम्प्युटर ल्याब उद्दघाटन गर्दै सो कुरा बताएका उनले ज्ञानोदय नमुना मावि र जनता नमुना माविले मात्र प्रविधि मैत्री बनाएर नहुने बताउदै पालिका भित्रका सबै विद्यालयलाई प्रविधिसंग जोडेर लैजाने कुरामा जोड दिए ।

अध्यक्ष कक्षपतिले खजुराले ‘संबृद्ध खजुराको लागि शिक्षामा प्राविधिको आवश्यकता, प्रबिधिमैत्री साधारण तथा प्रविधिक शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चारवर्ष अघि पालिकाका १४ माध्यामिक र ६ आधारभूत तहका सामुदायिक विद्यालयमा आईसिटी मैत्री शिक्षण सिकाई प्रबिधि सुरु गर्नको लागि पालिकाले प्रत्यक विद्यालयलाई ल्यापटप, स्र्माट वोर्ड र प्रजेक्टर उपलब्ध गराएको स्मरण गरे ।

‘चार वर्ष अघि नै हामीले शिक्षालाई प्रबिधिसंग जोड्ने जमर्को गर्दै स्मार्ट विद्यालयको परिकल्पना गरेका थियौ । त्यसलाई कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि झनै सार्थक तुल्याई दियो’–उनले भने–‘कोरोनाको संक्रमणको कारण विद्यालय बन्द छन । तर, पनि बैकल्पिक माध्यामबाट कक्षा सञ्चालन हुदाँ शैक्षिक मुल्याङ्कन गर्न पनि सहज हुने छ ।’


ज्ञानोदय नमुना मावि खजुराले चालु शैक्षिक सत्रमा अनलाईन शिक्षण सिकाईको लागि सहज होस भनेर विद्यालयका सबै शिक्षकलाई एक–एक थान ल्यापटप उपलब्ध गराईएको विद्यालयका प्रअ ऋषिराम सापकोटाले जानकारी दिए । उनले विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कम्प्युटर ल्याबको निर्माण गरी आईसिटी कक्षा सञ्चालनको लागि तयारी अवस्थामा पुराएको बताए ।
कोरोना संक्रमणको कारण भौतिक उपस्थितिमा शिक्षण सिकाईको गतिविधि सञ्चालन हुन नसकेको अवस्थामा बैकल्पिक माध्यामबाट प्रविधिको प्रयोगले सहज बनाउन खजुरा गाउपालिकाले सबै शिक्षकलाई आसिटी मैत्री कक्षा सञ्चालनको लागि विभिन्न तालिम सम्पन्न गरी कक्षा सञ्चालनको तयारी अवस्थामा रहनुको साथै केहीले कक्षा सञ्चालन समेत गरेको गाउपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

उनले भने–‘ खजुरा गाउपालिकाले शिक्षण सिकाई प्रकृयाको लागि निरन्तर विभिन्न प्रयास गर्दै आएको छ । पहिलो वर्ष रेडियो र टेलिभिजनको माध्यामबाट कक्षा सञ्चालन गर्दा एकोहोरो भएकोले योवर्ष विकल्प खोजि गर्दा अनलाईन माध्याम रोजिएको हो ।’ अनलाइन माध्यामबाट शिक्षण सिकाई गरिदा विद्यार्थी शिक्षक बीच दोहोरो संबाद हुने र ईन्टरनेटको समस्या हुनेका लागि पनि विकल्प खोजिएको उनको भनाई छ ।

खजुरा गाउपालिकामा आईसिटी मैत्री शिक्षण सिकाइको लागि जनप्रतिनिधि, तथा नागरिक अगुवाले टोलटोलमा छलफल चलाउन आवश्यक रहेको ज्ञानोदय नमूना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।

खजुरा गाउपालिकाले बैकल्पिक शिक्षा कक्षा सञ्चालनको लागि प्रत्यक बिद्यालयमा ईन्टरनेटको व्यवस्था गर्नुको साथै नेटको अभाव हुने स्थानमा नेपाल टेलिकमको सियूजी सिमको प्रयोग गरीने गरी तयारी अघि बढाएको छ । यसैबीच ज्ञानोदय नमुना मावि खजुराले विद्यालयका ३३ जना शिक्षक शिक्षिकालाई अनलाइन कक्षा सञ्चालनको लागि सहज बनाउन जनही १–१ वटा ल्यापटप हस्तान्त्रण गरेको छ भने विद्यालयमा ५३ वटा डेक्सटप राखेर आईसिटी कक्षा सञ्चालनको लागि सहज बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिम ओली भए लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव

३ श्रावण २०७८, आईतवार १७:११
नेपालगञ्ज  : बाँकेको खजुरा निबासी भिम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्रीपरिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ । ओली तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हुन […]