बाँकेमा १२ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज

सदरलाइन संवाददाता २८ असार २०७८, सोमबार १७:०५
 

नेपालगञ्ज : बाँकेका थप ६ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ५० प्रतिशत हो । सोमवार ९ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जना, मेडिकल कलेज कोहलपुरमा १ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ५ सय २० जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार १ सय ५८ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमितमध्ये ३ सय ११ जनाको मृत्यु भएको छ ।

जिल्लामा ५५ जना सक्रिय संक्रमित रहँदा ३२ जना अस्पताल र आइसोलेसनमा छन् भने ४० जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड–१९ बिरुद्धको खोप सर्वसुलभ बनाउन अधिकारकर्मीको माग

२८ असार २०७८, सोमबार १७:०५
नेपालगञ्ज  : मानव अधिकार एलायन्स बाँकेले २१ औ स्थापना दिसवको अवसरमा ‘कोभिड–१९ र मानव अधिकार उपभोगको अवस्था’का विषयमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोरोना कहरको कारण मानव अधिकारको अवस्थामा केन्द्रीत रहेर गरिएको छलफलमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नको लागि कोरोनाका बिरुद्धको खोप सबैलाई राज्यबाट तत्काल उपलब्ध गराउनु पर्ने, संक्रमणबाट जोगिनको […]