आयोगमा मधेशी कोटा राख्न कुम्हार समाजको माग

२५ जेष्ठ २०७६, शनिबार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लोकसेवा आयोगले मधेशी कोटा हटाएकोमा तराई कुम्हार समाज नेपालले आपत्ति जनाएको छ । सरकारले मधेशी तथा पिछडिएका समुदायका लागि आरक्षणको समेत व्यवस्था गर्नुपर्ने भन्दै आयोगबाट कोटा हटाएकोप्रति समाजले अपत्ति जनाएको हो ।
नेपालगञ्जमा शनिवार आयोजना गरिएको कुम्हार सम्मेलनमा बोल्ने वक्ताहरुले आयोगले पुनः लोकसेवामा कोटा राख्नुपर्ने माग गरेका छन् । उनीहरुले नेपाल सरकारले पिछडिएका समुदायका लागि आरक्षण राखी उनीहरुको समुदायको भौतिक तथा शैक्षिक विकासमा सहयोग पुर्याउनुपर्ने माग समेत गरे ।
कार्यक्रममा बोल्दै तराई कुम्हार समाजका केन्द्रीय अध्यक्ष सीताराम पण्डितले सरकारले कुम्हार समुदायको पेशा संकटमा परेको भन्दै त्यसतर्फ ध्यान दिन आग्राह गरे । उनले बढ्दो विकासक्रमसँगै यो जाति झनै पछाडी धकिलिँदै गएकाले यस समुदायको उत्थानका लागि श्रोत साधनको प्रयोग गर्न अनुरोध गरे ।
भेलाले तराई कुम्हार समाज नेपाल बाँके शाखासमेत गठन गर्ने अवधी सांस्कृति प्रष्ठिनका केन्द्रीय अध्यक्ष तथा कुम्हार समाजका सदस्य बिष्णुलाल कुमालले जानकारी दिए ।

Next Post

बर्दियामा बाघ अवलोकन गर्नेको संख्या बढ्दै

२५ जेष्ठ २०७६, शनिबार १६:०८
सदरलाइनडटकम, बर्दिया : बर्दिया निकुञ्जमा पाटे बाघ अवलोकनका लागि जाने पर्यटकको संख्या बढेको छ । बाघ अवलोकन सहज भएपछि विगतको तुलनामा पर्यटक बढेको निकुञ्जले जनाएको छ । निकुञ्जको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म २५ हजार पर्यटकले भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २२ हजार पर्यटक आएका थिए । सन् २०१८ को गणना […]