काँग्रेसको उदार अर्थनीतिका कारण निजी क्षेत्रले फड्को मारेको हो : राठौर

सदरलाइन संवाददाता २८ माघ २०७९, शनिबार १७:३३
 

नेपालगञ्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले काँग्रेसले ल्याएको उदार अर्थनीतिका कारण मुलुक यो अवस्थासम्म आइपुगेको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको चौथो जिल्ला तथा प्रथम नगर अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै राठौरले कांग्रेसको अर्थनीतिका कारण नै मुलुकमा निजी क्षेत्रले फड्को मारेको बताए ।

उनले उद्योगी व्यवसायीका समस्यामा पार्टीसंगै रहेको उल्लेख गर्दै कांग्रेस निकट उद्योगी व्यवसायीहरुको संगठनलाई पनि पार्टीले शुभेच्छुक संगठनको मान्यता दिएको बताए । उनले पार्टी निर्माण र संगठन विस्तारमा उद्योगी व्यवसायीहरुको अहम् भूमिका हुने उल्लेख गरे । क्याडर बेस्ड पार्टीसंग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले मास बेष्ड पार्टी कांग्रेसलाई धेरै चुनौती रहेको बताउँदै उनले पार्टीलाई अब सेमी क्याडर बेस्ड बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका बाँकेका सभापति नारायणप्रसाद गौडेलले उद्योगी व्यवसायीहरुसंग हातेमालो गरेर पार्टी अगाडि बढ्न प्रतिबद्ध रहेको बताउँदै समस्याहरुमा पनि संगसंगै रहने उल्लेख गरे । उनले पार्टी निर्माणमा उद्योगी व्यवसायीहरुको भूमिकाको सराहना गर्दै अब शुभेच्छुक संगठनका रुपमा अझ दरिलो साथको अपेक्षा गरे ।


उपसभापति गोपालप्रसाद अधिकारीले आफू व्यवसायी पृष्ठभूमीबाटै पार्टी राजनीतिमा अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रसंग सहकार्य गर्न कुनै कञ्जुस्याइँ नगरिने बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ निर्माणदेखि नै संगसंगै रहेका अधिकारीले संगठन निर्माण र विस्तारका लागि विगतमा भएका कामहरुको चर्चा समेत गरे ।

अधिवेशनलाई संस्थापनक अध्यक्ष सुनिलकुमार शर्मा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य चक्र अधिकारी लगायतले सम्बोधन गरेका थिए । संघका अध्यक्ष पुरुषोत्तम शर्माको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा अधिवेशन संयोजक ललितकुमार रौनियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन गरेका सचिव धु्रब दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा

२८ माघ २०७९, शनिबार १७:३३
नेपालगञ्ज : प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चुनिएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदिप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन सर्वसम्मत भएका छन् । निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार सचिवमा हिमनाथ पौडेल र […]