बर्दिया : बर्दिया प्रहरीद्वारा सवारी ज्यान मुद्दामा एकदिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ गरी कारागार पठाएको छ ।
बर्दिया जिल्ला अदालतको २०७१ मंसिर १ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा १ दिन कैद सजाय तोकिई फरार रहेका कसुरदार बारबर्दिया नगरपालिका वडानं. ७ बस्ने बर्ष ४५ को बलबहादुर थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलिले झण्डै ८ वर्षपछि २०७८ असार २० गते पक्राउ गरी बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
जिल्ला प्रहरी कार्यालय बर्दियाले चालु आर्थिक वर्षमा फरार कसुरदार पक्राउ अभियान अन्तर्गत ९० जनालाई पक्राउ गरि सकेको छ भने निजहरु बाट ५१ वर्ष ८ महिना २५ दिन कैद र २१ लाख ९९ हजार २ सय ९ रुपैयाँ जरिवाना असुल गराईएको बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।