बाँके प्रहरीले फेला पारेको गरगहनासहितको झोला धनिलाई बुझायो

सदरलाइन संवाददाता २७ बैशाख २०७९, मंगलवार १७:२८
 

नेपालगञ्ज : प्रहरीले हराएको झोला, नगद तथा गरगहना फेला परि धनिलाई बुझाएको छ ।

बढैयाताल गाँउपालिका वडा नं.३ सिमरा वर्ष ५४ कि देवी सापकोटा सोमबार पोखरादेखि नेपालगञ्ज आउने क्रममा नगदसहितको अन्दाजी १० तोला बराबरको सुनको गरगहना हराएको थियो ।


सामान हराएको भनि जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराए लगतै खटिएको प्रहरी टोलीले नेपालगंज उप–महानगरपालिका वडा नं.४ वसपार्क स्थित ग १ ख ९८४६ नं.को बसमा उक्त झोला सहित सामान मंगलबर फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

झोलामा उल्लेखित सामानहरु नगद रु ८०००, पोते सहितको सुनको तिलहरी थान –२, सुनको सिक्री थान –१, सुनको वाला थान –२, सुनको चन्द्रमा थान –१, सुनको मंगलसुत्र थान –१ र सुनको औंठी थान –१ थान सापकोटालाई प्रहरीले बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

२७ बैशाख २०७९, मंगलवार १७:२८
नेपालगञ्ज : दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको तुलसीपुर–१७ को वडा सदस्य भएर काम गरेका चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि […]