मुगुमा कर्णाली रारा पर्यटन वर्ष २०७५ को तयारी तीब्र

२७ चैत्र २०७४, मंगलवार १४:२१
 

सदरलाइन / शुभाकर विश्कर्मा,
२७ चैत, मुगु   : कर्णाली रारा पर्यटन वर्ष २०७५ को समय नजिकिदै गर्दा मुगुमा पुर्व तयारी तीव्र पारिएको छ । नयाँ वर्षको दिन रारा हुन गईरहेको पर्यटनको वर्षको उद्घाटन समारोहको लागि आवश्यक पुर्वतयारीका कामलाई तीव्र बनाईएको हो ।
जिल्ला समन्वय समिति मुगुका प्रमुख संयोजक रहेका कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन विकास समिति एवं समारोह मुल आयोजक समितिले युद्धस्तरमा काम गरि रहेको छ ।
३३ सदस्यीय समितिले दिनानुदिन छलफल, अन्तरक्रिया, पुर्वाधार निर्माण लगायतका कार्य गरिरहेको संयोजक पुर्णबहादुर रोकायाले जानकारी दिए । उनले भने–‘समितिले दिन रात नभनी सक्रिय रुपमा काम गरिरहेको छ ।’
जिल्लाको प्रतिनिधि टोलीले रारा आसपासका र भविष्यमा होमस्टे सम्भावना भएका पिना, झ्यारी, टोप्लाका गांउबस्तीमा छलफल र सुझावहरू आदान प्रदान गरेको छ । पर्यटक बसाईका लागि स्थानियबासी उत्साहित भएको पाईएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । उनले आफ्नो फेसबुकबाट समेत टोलस्तरमा युवाहरुको सहयोग समिति निर्माण संगै टोलहरुमा कर्णाली सांस्कृतिक प्रदर्शनी समेतको प्रतिबद्धताहरू प्राप्त भए जानकारी गराएका छन् । कर्णाली रारा पर्यटन वर्षलाई पर्यटनसंग जनताको जीवन जोडिने मौकाको रुपमा लिनु पर्ने बताएका छन् ।

तयारीका लागि १० वटा उपसमिति गठन

पुर्ण बहादुर रोकायको संयोजकत्वमा रहेको जिल्लास्तरिय समितिका साथै १० वटा उपसमिति पनि गठन गरि काम भईरहेको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख, तीन वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष जिल्लास्थित सरोकारवाला सदस्य रहेको टोलीले आफु मातहतका निकायलाई पर्यटन वर्ष सफल पार्न निर्देशन दिईसकेको छ ।
स्वास्थ्य, कृषि, मंच व्यवस्थापन, अतिथि सत्कार, आवास, सास्कृतिक र संचार उपसमितिहरुले पनि आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका छन् । जिल्लामा रहेको तीन वटा सामुदायिक रेडियोबाट पनि व्यापक प्रचार प्रसार गरि रहेका हुन् । अहिले मुगुमा यस सम्वन्धमा प्रत्येक दिन जसो छलफल, अन्तरक्रियालाई पनि तिव्रता दिईएको छ ।

स्थानीय उत्साहित

कर्णाली रारा पर्यटन वर्षको दिन प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेकोले पनि मुगु बासीले वैशाख १ को व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
अहिले मुगुमा स्थानीय, साथीसंगीको भेटमा, होटल पसलहरुमा १ गतेपछि पर्यटन वर्षको निरन्तरता, राराको अवको वाटो र मुगु जिल्लामा हुन सक्ने भनिएको आर्थिक समृद्धिको विषयमा पनि कुराकानी हुने गरेका छन् ।
खास गरि बैशाख १ गते उद्घाटन समारोहमा सहभागिका लागि पनि यहाँका स्थानीयहरुले टाढा रहेका आफन्तलाई जानकारी गराईरहेका छन् । मुगुका स्थानिय युवा राजकुमार भामले पर्यटन वर्ष सफल पार्न युवा शक्ति परिचालन गर्नु पर्नेमा बताए ।

प्रचार प्रसारका लागि सामाजिक संजालको प्रयोग

कर्णाली प्रदेश सरकारका मन्त्री स्वयमले पनि यसको प्रचार प्रसारको लागि सामाजिक संजाल फेसबुकको व्यापक प्रयोग गरेका छन् । कर्णाली प्रदेशका जिल्लाहरु विषेशगरि साविकको कर्णाली अंचलका फेसवुक कर्ताहरुले यसको प्रचार गरि रहेका हुन् ।
मुगु जिल्लाका फेसबुककर्ता र यहाका सिडियो, मेयर जिल्ला समन्वय समितिका प्रमुख लगायतले पनि प्रचार गरिरहेका छन् । रेडियो र पत्रपत्रिकाहरुका समाचार वुलेटिनमा समेत पर्यटन वर्ष अटाएको छ ।  

Next Post

जोखिम मोलेर भारतको कोठीबाट पाँच युवतीको उद्धार

२७ चैत्र २०७४, मंगलवार १४:२१
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज : माईती नेपाल नेपालगन्जले बेश्यालयमा छापामारेर पांच जना नेपाली चेलीको भारतको आगराबाट उद्धार गरेको छ । केही समय अघि उनीहरुको उद्धार गरिएको नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उनीहरु कोही दुई वर्ष त कोही पा“च वर्षअघि कोठीमा पु¥याईएको पाइएको कोइरालाले बताए । उनका अनुसार […]