मंगलवार बाँकेमा ५२ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २७ पुष २०७८, मंगलवार १७:१४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १५ र एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण देखिएको हो ।

जिल्लाका तीनवटा प्रयोगशालामा ६४ नमुनाको पीसीआर परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २९ नमुना जाँच्दा १०, मेडिकल कलेज कोहलपुरमा २२ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना देखिएको हो ।


संक्रमण पुष्टि भएकामध्ये १३ जना बाँकेका छन् भने २ जना बर्दियका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ४२ पुगेको छ ।

यस्तै नेपालगञ्जको जमुनाह नाकामा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका ३ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जना महिलासहित ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नकआउट फुटबलको उपाधि रोयल नेपालगञ्जको पोल्टामा

२७ पुष २०७८, मंगलवार १७:१४
नेपालगञ्ज : रोयल नेपालगञ्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगञ्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए […]