बर्दियाको बढैयाताल जलकुम्भीले कुरुप

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १३:२२
 

नेपालगञ्ज : जैविक विविधताले भरिपूर्ण देशकै ठूलो सीमसार क्षेत्र बर्दियाको बढैयाताल जलकुम्भीले कुरुप बनेको छ । जलकुम्भीले मुख्य विशेषता तालभरी रहेको कमलको फूल पुरै नष्ट गरिदिएको छ ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–५ बढैया गाउँमा पर्ने बढैयातालले उचित संरक्षण पाएको छैन । अहिले कमलको पात र जरा पनि भेटिन मुस्किल पर्ने बढैयातालको किनारमै निजी तालमा माछापालन गरिरहेका बढैयाताल–५ का मिश्रीलाल चौधरीले बताए ।


स्थानीय सरकारले माछाको ठेक्का नदिएको पनि चार वर्ष भयो । पहिले माछा मार्ने क्रममा जलकुम्भी सबै सफा हुन्थ्यो । जनप्रतिनिधिले माछा पाल्न ताल ठेक्का दिएनन् । हरेक वर्ष जलकुम्भीले ताल भरिँदैछ । सफा गर्न पनि कसैको ध्यान पुगेको छैन ।

नेपाल सरकारको देशभरका १०० पर्यटकीय गन्तव्यमा बढैयाताललाई राखे पनि पर्यटकीय गतिविधि बढ्नुको साटो घट्दो छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने अब चाँडै नै जलकुम्भी सफा गरेर ताल संरक्षित गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा राखिएको स्काभेटरमा आगजनी

१९ माघ २०७८, बुधबार १३:२२
राप्तीसोनारी (बाँके) : बाँकेमा एउटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको गौरब रावलको करिब करोड रुपैयाँ पर्ने भे १ प ११११ नम्बरको स्काभेटरमा मंगलवार राती अज्ञात समूहले आगजनी गरेको ट्राफिक प्रहरी पोस्ट शम्शेरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ […]