कोरोनाको संभावित तेस्रो लहरको तयारीका लागिबि–ग्रुपले दियो स्वास्थ्य सामाग्री

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १०:१०
 


नेपालगञ्ज : कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग तथा सेभद चिल्ड्रेनको कन्र्सोटियम लिडमा भेरी बाताबरणिय बिशिष्ठता समुह बि–ग्रुपले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ ।

बि–ग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १३ लाख ३३ हजार २ सय ३९ बराबरको पिपिई सेट, डेडबडी ब्याग, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर ५०० एमएल, १०० एमएल सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएमलगायतका सामाग्री हस्तान्त्रण गरेका हुन ।


सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सबैको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गरे । उनले संभावित तेस्रो लहरको तयारी जिल्लामा सुरु भै सकेको बताए ।
सो अबसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, शाखा अधिकृत रामकुमार सोनकर, विपद प्रतिकार्य सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बि–ग्रुपका निर्देशक डम्बर सुनारलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी सोही प्रकारको स्वास्थ्य सामग्री बाँकेको राप्ती सोनारी गाउपालिकामा २ लाख ७१ हजार र कोहलपुर नगरपालिकामा २ लाख ८ हजार मूल्य बारबरको सामाग्री हस्तान्त्रण गरिएको बि–ग्रुपका निर्देशक  सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा बिहीवारदेखि आन्तरिक उडान शुरु

१७ असार २०७८, बिहीबार १०:१०
नेपालगञ्ज : नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीवारदेखि सञ्चालन भएको छ । नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गर्दै बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि उनीहरुले उडान […]