सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एनसेलको २ टावरमाथि अज्ञात समुहद्वारा आगजनीको प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार डुडुवा गाउपालिका– ४ मेहमानपु कम्दी र नेपालगञ्ज उप–महानगर–२० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी भएको हो ।
बिहीबार बिहान डेढबजेतिर भएको सो आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए । उनले सो घटनाको अनुसंधान भईरहेको र संलग्नहरुको खोजी तीब्र पारिएको बताए ।
