दाङमा अवैध घडेरी प्लटिङ रोक्न कडाइ गरिने

सदरलाइन संवाददाता १३ चैत्र २०८१, बिहीबार १९:४९
 

दाङ :  लुम्बिनी प्रदेश सरकारले नमुना राजधानी शहर गुरुयोजना कार्यान्वयनमा अवरोध पु¥याउने अवैध घडेरी प्लटिङ रोक्न कडा कदम चाल्ने भएको छ ।

घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आवद्ध युवाहरुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको ज्ञापनपत्रमा राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाहरूले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासो उल्लेख गरिएको छ ।


ज्ञापनपत्रमा राजधानी गुरुयोजना विपरीत भईरहेका अवैध गतिविधिहरू रोक्न तत्काल कारबाहीको माग गरिएको छ ।मुख्यमन्त्री आचार्यले ज्ञापनपत्र प्रति गम्भीर ध्यान दिँदै कडा अनुसन्धान गर्न तथा अवैध प्लटिङ रोक्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले सरकार नदी सभ्यतामा आधारित आधुनिक राजधानी निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै गुरुयोजना विपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।

सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध घडेरी प्लटिङ रोक्न सरकार सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले ध्यानाकर्षण गराउने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महासचिव पोखरेलद्वारा एमालेको जनप्रदर्शन हेर्न काठमाण्डौ आउने निम्तो

१३ चैत्र २०८१, बिहीबार १९:४९
काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको बताएका छन् । उनले एमालेको जनप्रर्दशन हेर्नको लागि चैत्र १८ गते काठमाण्डौ आउन आव्हान समेत गरेका छन । बुधबार राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीका नेताले आफूले […]

ताजा अपडेट