राजापुरका सामुदायिक विद्यालयको सामुहिक अनुगमन

सदरलाइन संवाददाता १ चैत्र २०७९, बुधबार १९:२०
 

राजापुर (बर्दिया)  : बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक विद्यालयको बुधवार संयुक्त अनुगन गरिएको छ । राजापुर नगरपालिकामा वडानं ३ र ९ मा रहेका दुर्गा भवानी प्राथामिक विद्यालय, बागेश्वरी प्राथामिक विद्यालयको सरोकारवालाद्वारा संयुक्त अनुगमन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले संचालन गरेको सिकाई परियोजना अन्तर्गत कार्यक्रम संचालन भएका विद्यालयहरुमा राजपुर नगरपालिकाका नगरप्रमुख एवम शिक्षा समितिका संयोजक दिपेश थारुको संयोजकत्वमा शिक्षा शाखा प्रमुख तथा सस्थाका कार्यसमिति पदाधिकारी तथा कर्मचारी लगायतका सरोकारवालाले अनुगमन गरेका हुन ।

अनुगमनबाट विद्यालयमा सस्थाबाट संचालन भएका परियोजनादेखि भए गरेका असल अभ्यासहरुलाई प्रत्यक्ष अनुगमन निरिक्षण गरिएको र पुर्व प्राथामिक तहका कक्षाहरुलाई बालमैत्री, लैगिक मैत्री, बातारणमा कक्षा शिक्षण सिकाई गतिबिधि संचालन भएको राजापुर नगरपालिका प्रमुख थारुले बताए ।


यस प्रकारको अनुगमन निरिक्षण तथा राम्रा अभ्यासहरुलाई अन्य विद्यालयमा पनि लैजाने र शिक्षातर्फको विकासका लागि पालिकाले योजना बनाएको बताए । सस्थाले विद्यालयकोस्तर र शिक्षाको गुणस्तर बृद्धि गर्न प्लानको सहयोगमा स्याक नेपालले गरेको कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै प्लान र स्याकलाई धन्यवाद समेत नगरप्रमुख थारुले दिएका थिए ।

उनले आगामी दिनमा पनि नगरपालिकामा सहकार्य गर्न अनुरोध गर्दै नगरपालिकाले समन्वय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए । अनुगमनकै क्रममा दुर्गा भवानी प्राथामिक विद्यालयका प्रधानाध्यापक शान्ति चौधरीले स्याकमार्फत विद्यालय संचालनका लागि धेरै सहयोग भएको बताईन । ‘आज नमूना विद्यालय निर्माण भएको छ यसमा स्याक नेपालको महत्वपूर्ण भूमिका रह्यो’–चौधरीले भनिन–‘आगामी दिनमा समेत सहयोग भएको भए अझ उत्कृष्ट बनाउन सक्छौं ।’ उनले सोही क्रममा खेलकुदका लागि अभाव देखिएको खेल मैदानको व्यवस्थापन गरिदिन नगरपालिकाका नगरप्रमुखसंग अनुरोध पनि गरिन ।

सस्थाले परियोजना मार्फत गरेका हरेक गतिबिधीहरुमा राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सहजिकरण, समन्वय सहकार्यमा कामलाई अगाडि बढाइरहेको र सस्थाले संचालन गरेका हरेक कृयाकलाप शिक्षा शाखाको प्रैरवी तथा समन्वय रहने गरेको छ ।
अनुगमनमा नगरपालिका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरी, स्याक नेपालका कार्यसमिति सदस्य बबीता सिंह, सिता काप्ल,े सिकाई परियोजना संयोजक लक्ष्मीप्रसाद शर्मा, सुपरभाईजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

स्याक नेपालले सिकाई परियोजनामार्फत बिगत ४ वर्षदेखि विद्यालयको शैक्षिक गुणस्तिर बृद्दिका लागि शिक्षकहरुको पेशागत क्षमता विकास तालिम, शिक्षा योजना निर्माण, शिक्षा नीति निर्माण, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालिकाहरुको सिकाइ बृद्धिका लागि श्रोत कक्षा संचालन जस्ता गतिबिधिहरु संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सडकमा कुखुरा फालेर आन्दोलन

१ चैत्र २०७९, बुधबार १९:२०
नेपालगञ्ज : बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए […]

सम्बन्धित