लुम्बिनी प्रदेश सरकारमा जसपा थपियो माओबादी केन्द्र बाहिरीयो

सदरलाइन संवाददाता ६ बैशाख २०७८, सोमबार १९:२८
 


बुटवल  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन् । यस अघि सरकारमा रहेका माओवादी केन्द्रको पहलमा प्रदेश संसद सचिवालयमा मुख्यमन्त्री पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । उनले साढे तीन घण्टा मै मन्त्रिपरिषद बिस्तार गर्दै अविश्वासको प्रस्ताव साढे दुई घण्टामै तुहाई दिएका हुन ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादीका ४१ प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दिउँसो १ः१५ बजे प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । त्यसको तीन घण्टा मै मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादीका ५ मध्ये तीन र हस्ताक्षर नगर्ने एक जनालाई प्रदेश सरकारमा सहभागि गराउदै मन्त्री बनाएका हुन् । नवनियुक्त चारै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले जसपाका सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्री नियुक्त गरेका हुन् । पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् ।


मन्त्रिपरिषद विस्तारसँगै मुख्यमन्त्री पोखरेलले बहालवाला मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् । प्रदेशका ७ मन्त्रालय फुटाएर ८ मन्त्रालय बनाइएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणका कारण २० वर्षिया किशोरीको मृत्यु

६ बैशाख २०७८, सोमबार १९:२८
नेपालगञ्ज  : कोरोना संक्रमणका कारण सोमबार नेपालगञ्जको भेरी अस्पतालमा उपचारत २० बर्षिया किशोरी अनिशा वलीको मृत्यु भएको छ । उनी पेशाले स्टाफ नर्स हुन । उनले बैशाख १ गते नेपालगञ्जको बागेश्वरी ल्याबमा पिसिआर जाँच गराई नतिजा पोजेटिभ आएलगत्तै अस्पताल भर्ना भएकी थिईन । भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश थापाका […]

सम्बन्धित