पूर्व राष्ट्रपति भण्डारीलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे स्वागत

सदरलाइन संवाददाता १४ चैत्र २०८१, शुक्रबार १७:४४
 

लुम्बिनी  :  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यासका लागि लुम्बिनी आईपुगेकी पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन । .

लुम्बिनी परिसरभित्र आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले गुम्बाको शिलान्यास गरिन । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बा धर्मचक्र महाविहार मञ्जुश्री पर्वत, कान्तिपुरको आयोजनामा निर्माण हुन लागेको हो ।


सो कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, बौद्ध धर्मावलम्बीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

गुम्बा निर्माणले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व राष्ट्रपति भण्डारी भन्छिन : बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ

१४ चैत्र २०८१, शुक्रबार १७:४४
लुम्बिनी : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने कुरामा जोड दिएकी छन । पूर्व राष्ट्रपति भण्डारीले लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन । ‘गौतम बुद्धले अहिंसा, […]

ताजा अपडेट