नेपालमा बिहीवारदेखि आन्तरिक उडान शुरु

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १४:०८
 

नेपालगञ्ज : नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीवारदेखि सञ्चालन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गर्दै बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि उनीहरुले उडान भर्नेछन् ।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडानको अनुमति दिइएको छ । त्यही अनुसार पहिलो चरणमा यी चारवटा वायुसेवाले नेपालगन्जका लागिमात्रै सात र धनगढीका लागि चारवटा उडान भर्ने छन् ।

यस्तै सुर्खेत र नेपालगञ्ज विमानस्थलबाट साना जहाजले गर्ने पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति भने आजमात्रै टुंगो लाग्ने भनिएको छ ।


दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेको निगमले जनाएको छ । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने निगमको भनाइ छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पु¥याउन वा टिकट रद्ध गर्न सहजिकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरका साथ यात्रा गर्नु पर्ने छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने छन् । कम्पनीहरुले उडानमा शौचालय र खानपानमा रोक नै लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राधिकरणको लापरवाहीले नदइगाउँका किसान तनावमा

१७ असार २०७८, बिहीबार १४:०८
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण नेपालगञ्ज उपमहानगरपालिका–१७ नदइगाउँका डेढ सय बढी किसान तनावमा परेका छन् । तीन साता अघि आएको हावाहुरीले विद्युतको पोल ढालेपछि मर्मतको लागि गएको प्राधिकरणको टोलीले हाइटेन्सन लाइन जोडेपनि कृषि लाइन काटिदिएको स्थानीयको गुनासो छ । स्थानीय शेरबहादुर खटिकको जग्गाबाट उक्त लाइन विस्तार भएको थियो […]