तीनै तहका सरकारबीचको सहकार्यले मात्र लुम्बिनीको समग्र विकास हुनसक्छ :  मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १४ चैत्र २०८१, शुक्रबार १८:१०
 

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीनै तहका सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखेका हुन ।


‘तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो’– उनले भने,–‘संघीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनु पर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनु पर्ने स्पष्ट पारे । उनले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।

लुम्बिनी विकास गुरुयोजना अनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उनले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सो गुम्बाको शिलान्यास पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगायो

१४ चैत्र २०८१, शुक्रबार १८:१०
काठमाडौंँ :  राजाबादीहरुको आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए । प्रशासनले काठमाडौँको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र […]

ताजा अपडेट