पूर्व राष्ट्रपति भण्डारी भन्छिन : बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ

सदरलाइन संवाददाता १४ चैत्र २०८१, शुक्रबार १८:०१
 

लुम्बिनी : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने कुरामा जोड दिएकी छन ।

पूर्व राष्ट्रपति भण्डारीले लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।


‘गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनु भयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’– उनले भनिन,–‘त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेकी थिईन ।

बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनै तहका सरकारबीचको सहकार्यले मात्र लुम्बिनीको समग्र विकास हुनसक्छ :  मुख्यमन्त्री आचार्य

१४ चैत्र २०८१, शुक्रबार १८:०१
लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीनै तहका सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन […]

ताजा अपडेट