काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको बताएका छन् । उनले एमालेको जनप्रर्दशन हेर्नको लागि चैत्र १८ गते काठमाण्डौ आउन आव्हान समेत गरेका छन ।
बुधबार राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीका नेताले आफूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौँ भने पनि उनीहरूको वास्तविकता केही समय यताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको बताए ।
‘उनीहरूलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने को थिए भन्ने कुरा उनीहरूलाई सशस्त्र द्वन्द्वको समयमा जस जसले सहयोग दिए, उनीहरूले नै बाहिर ल्याइरहेका छन्’, पोखरेलले भने ।
नेपाली समाजमा हिंसात्मक कार्यलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने कम नेकपा एमालेले नै गरेको पोखरेलले दाबी गरे । झण्डै पौने पाँच सय कार्यकर्ता गुमाउँदा पनि हामीले विचलित नभई हिंसालाई शान्तिमा परिणत गर्ने कुराको अगुवाइ ग¥यौँ, १२ बुँदे सहमतिका माध्यमबाट माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा सामेल गर्ने काम ग¥यौँ’, उनले भने ।


एकै समयमा शान्तिपूर्ण आन्दोलन र हिंसात्मक आन्दोलन सफल नहुने बताउँदै पोखरेलले माओवादी हिंसात्मक आन्दोलन छाड्न तयार भएपछि मात्र २०६२ सालको जनआन्दोलन सफल भएको उनको भनाइ थियो ।
शान्ति प्रक्रिया पछि माओवादीको अराजकता नियन्त्रण गर्न नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र युथफोर्सले गरेको पोखरेलले सुनाए । एक समय माओवादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेका बताउँदै उनले अहिले राजावादीहरू त्यही बाटो हिँडेका पोखरेलले बताए । माओवादीलाई जस्तै राजावादीलाई पनि वैधानिक बाटोमा आउन बाध्य पार्नु पर्ने र त्यसको लागि फेरी एक पटक युवाहरू जुरमुराएर उठ्नु पर्ने पोखरेलको धारणा छ ।
कतिपय नेपालको अवस्था पञ्चायतको बेलमा अति राम्रो थियो भन्ने भ्रम फिँजाउने प्रयास गरिरहेका उनले बताए । यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न उनले आग्रह गरे । राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको पोखरेलले उदाहरण प्रस्तुत गरे ।
पोखरेलले देश कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताए । एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको पोखरेलले प्रष्ट पारे । देशमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पनि पराजित गर्न आवश्यक रहेको बताउँदै अब त्यस दिशामा अघि बढ्नु पर्ने स्पष्ट पारे ।
पोखरेलले राजावादीले मोटरसाइकलमा आफ्नो शक्ति प्रदर्शन गरेका बताउँदै पोखरेलले मोटरसाइकल ¥याली कस्तो हुन्छ भन्ने हेर्न मन भए नेकपा एमालले चैत १८ गते काठमाडौँ आयोजना गर्ने ¥याली हेर्न आउन पोखरेलले राजावादीलाई आग्रह गरे ।