उद्योगी व्यवसायीद्धारा नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता ८ असार २०७८, मंगलवार १६:१७
 

नेपालगञ्ज : कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मङ्गलवार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो ।

निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।


यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरिएको महासचिव चिरञ्जीवी वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ संक्रमित थपिँदा १२ जना डिष्चार्ज

८ असार २०७८, मंगलवार १६:१७
नेपालगञ्ज : बाँकेमा मंगलवार ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको २५ प्रतिशत हो । आज १२ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १२ जनामा कोरोना पुष्टि भएको छ । आज कसैको मृत्यु भएको छैन । भेरी […]