बाँकेमा काँग्रेसको वडा अधिवेशनमा ६० प्रतिशत सर्वसम्मत

सदरलाइन संवाददाता २७ कार्तिक २०७८, शनिबार १८:५७
 


नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार वडा अधिवेशनमा करिव ६० प्रतिशत वडामा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये करिव ६० प्रतिशत वडामा सर्बसम्मत भएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिए । उनले निर्वाचन स्थलमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचनको परिणाम नपठाए पनि एक मात्र उम्मेदवार भएकोले अधिकांश वडामा सर्बसम्मत भएको बताए ।

प्रमुख निर्वाचन अधिकृत भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सहायक मतदान अधिकृत परिचालित भएका छन । आइतबार अधिकांश वडामा क्षेत्रीय प्रतिनिधिका लागि मात्र निर्वाचन हुने देखिएको छ ।


कात्तिक २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने कार्यक्रम तय भएको छ । बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते पालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेशी र थारुलाई किनारा लगाउदै बाँकेमा एमालेको सर्वसम्मत प्रतिनिधि छनौट

२७ कार्तिक २०७८, शनिबार १८:५७
नेपालगञ्ज  : नेकपा एमालेको आसन्न १०औ महाधिवेशनका लागि बाँकेबाट जातिय र भौगोलिक समावेशितालाई किनारा लगाउदै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । पार्टीको जिल्ला कमिटीले पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा सर्वसम्मत प्रतिनिधि छानेको जनाएका छ । एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारी अनुसार क्षेत्र […]