चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको ज्यान गयो

सदरलाइन संवाददाता २० मंसिर २०७७, शनिबार १३:५३
 

काठमाण्डौ : चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ ।

चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन शुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो ।


गत सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।

Next Post

अभिभावकसहित बालबालिकाको घरमा सिकाइ कुनाको ब्यबस्थापन अभिमुखिकरण

२० मंसिर २०७७, शनिबार १३:५३
नेपालगञ्ज  : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बाँके बर्दियामा सञ्चालनमा रहेको सिकाई परियोजना अन्तरगतको बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता सहित घरमा सिकाइ कुनाको ब्यबस्थापन अभिमुखिकरण सम्पन्न भएको छ । सो परियोजनाबर्दियाको राजापुर, ठाकुरवावा, बारबर्दिया नगरपालिका, गेरुवा, बढैयाताल […]