सामुहिक नमाज पढेर ईद–उल–अजाह (बकर ईद) मनाउन सुरु

सदरलाइन संवाददाता २६ असार २०७९, आईतवार ११:१२
 

नेपालगञ्ज :  ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व मंगलबारसम्म मनाईने प्रचलन छ ।

रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा आइतबार बिहान साढे ७ बजे सामुहिक नमाज पढेर बकराईद ईद–उल–अजाह मनाउन सुरु गरिएको हो ।

सो अबसरमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद ईस्तियाक राइले ईदगाहमा सामुहिक नमाज पढेर मुलुकमा शान्ति तथा अमनचैन कायम गर्दै नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न आग्रह समेत गरे ।

नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले ईदगाहमा सामुहिक नमाज पढ्न आएका ईस्लाम धर्मावलम्बीलाई शुभकामना दिदै नगरमा शान्ति सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरे ।

ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा दिएका थिए । बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेका छन् ।


भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लामा धर्मगुरु समेत रहनुभएका मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिए ।

मुस्लिम धर्मगुरु नूरानीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।

सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज हरिशयनी एकादशी, विशेष पुजा गरी मनाईंदै

२६ असार २०७९, आईतवार ११:१२
नेपालगञ्ज : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतिकका रूपमा मानिन्छ […]