हुलाकी राजमार्ग कालोपत्रे भएपछि स्थानीयलाई सहज

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १४:०४
 

नेपालगञ्ज : हुलाकी सडक अन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्रेको काम अघि बढेपछि राप्ती–सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको छ ।

पूर्वबाट नेपालगञ्ज पुग्ने यात्रुहरुका लागि सहज भएको स्थानीयले बताएका छन् । राप्ती सोनारी गाउँपालिका –३ बैजापुरका विनोद थारुले सडक कालोपत्रे भएपछि वडा नम्बर १, २, ३, ४, ५ र ६ का वडाबासीलाई नेपालगञ्ज पुग्ग्न सहज भएको बताए । फत्तेपुर, विनौना र बैजापुरबासीलाई पालिका सदरमुकाम अगैया पुग्न समेत सहज भएको उनको भनाइ छ ।

सडक कालोपत्रेसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । अहिले आवागमनमा सहजता भएपछि काम गर्न सहज भएको स्थानीयको बुझाइ छ । थारुले भने, ‘विगतमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकोमा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ ।’


हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्जबाट हुलाकी सडक अन्तर्गत सिधनिया कटकुइयासम्मको सडकको काम सम्पन्न भएपनि फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य जारी छ । वैजापुरलगायतका केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम पनि बाँकी छ ।

सडक निर्माण भएपछि स्थानीयलाई आवागमनमा सहजता भएको र वैकिल्पक सडकको रुपमा प्रयोगमा आएको कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इञ्जिनियर कृष्ण पाण्डेले हुलाकी सडक अन्तर्गतको सो सडकको अन्तिम चरणको कालोपत्रेको काम बाँकी रहेको बताए ।

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवधी र थारु भाषी पत्रकारका लागि फेलोशिप सञ्चालन

२० असार २०८०, बुधबार १४:०४
नेपालगञ्ज : अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुल प्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूल प्रवाहीकरण गर्नका लागि पत्रकारलाई फेलोशिप प्रदान गरिएको हो । युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना […]