कोरोनाको दोस्रो लहर शुरु भएपछि बाँकेको सीमा नाकामा कडाई l

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १३:५५
 

नेपालगन्ज : भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि बाँकेमा सीमा नाकामा कडाई गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले स्वास्थ्य उपचार र अत्यावश्यक काम बाहेक सामान्य खरिदारीका लागि सीमापारी जान बन्द गरेको छ ।

जमुनहा नाकामा भारतबाट आउनेहरुको अभिलेख राख्दै स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल भित्रिन दिएको जमुनाहा नाकामा हेल्थडेस्कका चिरिन्जीबी घिमिरेले बताए । घिमिरेका अनुसार बिहिबार साँझ सम्म ३६२ जना नेपालगन्जको जमुनहा नाका भएर आएका छन् । नेपाल भित्रिएका सबैको स्वास्थ्य जाँच गर्दा सबैको अवस्था सामान्य भएको घिमिरेले बताए ।


नेपाल भित्रिएका ३६२ जना मध्ये २८८ जना पुरुष र ७४ जना महिला रहेका छन् । आउनेहरु सबै भारतको लखनउ, दिल्ली, गुजरात लगायत अन्य स्थानबाट आएको घिमिरेले जानकारी दिएका छन् । हिजो छिटफुट रुपमा नेपालगन्जबाट रुपइडिहा गएपनि आजदेखि पूर्णरुपमा खरिदारीका लागि कडाई गरिने बाँके प्रशासनले जानकारी दिएको छ ।

Next Post

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

१३ चैत्र २०७७, शुक्रबार १३:५५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न शुरु गरेको छ । नेपालगञ्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि शुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चैत १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण […]