बाँकेमा ३ संक्रमित थपिँदा १२ जना डिष्चार्ज

सदरलाइन संवाददाता ८ असार २०७८, मंगलवार १६:५३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको २५ प्रतिशत हो । आज १२ जना डिष्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १२ जनामा कोरोना पुष्टि भएको छ । आज कसैको मृत्यु भएको छैन ।

भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ४ सय ११ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २६ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय १० जनाको मृत्यु भएको छ ।

जिल्लामा ७५ जना सक्रिय संक्रमित रहँदा ४४ जना अस्पताल र आइसोलेसनमा छन् भने ८३ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य अधिकार विषयमा रिट दायर

८ असार २०७८, मंगलवार १६:५३
नेपालगञ्ज  : तेस्रो लहरको कोरोना संक्रमणबाट जोगिनको लागि गरिएको तयारी संगै नगरिकको स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषयमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्नको लागि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मंगलबार रिट दायर गरिएको छ । कोभिड–१९ को संक्रमणबाट हरेक नागरिकलाई वचाउन, थप संक्रमण हुनबाट रोक्न, संक्रमितलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ र उपचार सेवा […]