घुम्ती कोषका लागि एक\एक लाखको सहयोग

२९ चैत्र २०७४, बिहीबार १८:४७
 


सदरलाइनडटकम
२९ चैत,नेपालगञ्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ र १३ का बाल संरक्षण समितिलाई रु एक ÷एक लाख सहयोग उपलव्ध गराइएको छ । विद्यालय जानवाट बन्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहन स्वरुप सो सहयोग उपलव्ध गराइएको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमका विच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले वडा बाल संरक्षण समिति वडा नं. १२ का संयोजक रामु चिडीमार र वडा नं. १३ का संयोजक गोविन्द शर्मालाई सो चेक हस्तान्तरण गर्दै यो रकमले आयआर्जनमा सहयोग पुग्ने बताए ।
उनले गरिब अभिभावकले आर्थिक अभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाएकाले यो सहयोग कोषले अभिभावकको आयआर्जनमा बृद्धि भई बालबालिकालाई शिक्षा दिने कार्यमा उत्प्रेरणा प्रदान हुने बताए । वडा नं. १२ मा ७१ र वडा नंं. १३ मा ३४ जना बालबालिकाहरु विद्यालय नगएको तथ्याक रहेको छ । ती बालबालिकाहरुलाई यस वर्ष विद्यालय भर्ना गराउने लक्ष्य लिएको छ ।
यही बैशाखदेखि शुरु हुने विद्यालय भर्ना अभियानलाई सहयोग पुरयाउने उद्देश्यले आर्थिक घुम्तीकोषको सहयोग उपलब्ध गराइएको हो । वडा बाल संरक्षण समितिमार्फत घुम्ती कोष परिचालन गरिएको क्लबका कार्यक्रम संयोजक आशिष बर्माले बताए ।
उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ र १३ मा विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालय पहँुच परयाउने उद्देश्यले अति विपन्न परिवारको बालबालिकाहरुको अभिभावकलाई आयआजर्ननका गतिबिधीमा संलग्न गराई उनीहरुका बालबालिकाहरुको शिक्षामा निरन्तरताका लागि सहयोग उपलब्ध गराइएको हो ।
सहयात्रा परियोजनामाफर्त नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ र १३ को सहकार्यमा वडा बाल संरक्षण समितिलाई घुम्ती कोष परिचालन लागि यो रकम प्रदान गरिएको हो । यो कोषले बालबालिकाको शिक्षा तथा बाल संरक्षणमा सहयोग पुग्ने विश्वास लिएको छ ।

Next Post

`मेयर कप टि–२० क्रिकेट; होप र मोडन विजयी

२९ चैत्र २०७४, बिहीबार १८:४७
सदरलाइनडटकम २९ चैत, नेपालगन्ज ः नेपालगन्जमा जारी कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा होप इन्टर नेशनल एकेडेमी र मोडन पब्लिक उच्च मावि नेपालगन्ज विजयी भएका छन् । मंगल प्रसाद उच्च माविको खेल मैदानमा विहिवार भएको पहिलो खेलमा होपले ब्राईल्यन्ड उच्च माविलाई ४३ रनले पराजित गरेको हो । खेलमा […]

सम्बन्धित