कोरोनाबाट पूर्व राज्यमन्त्री बिष्टको निधन

सदरलाइन संवाददाता ६ असार २०७८, आईतवार ११:०२
 

नेपालगञ्ज : कोभिडका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । कोभिड १९ संक्रमणका कारण बिष्टको आइतबार बिहान निधन भएको हो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय बिष्ट पूर्व संविधान सभा सदस्य तथा पूर्व सञ्चार राज्यमन्त्री बिष्टले जिम्मेवारी समेत निभाएका थिए । उनी नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्व सभापति समेत भएका थिए ।


बिष्टलाई कोभिड १९ संक्रमण भएपछि हेलिकोप्टरमार्फत अक्सिजन मास्क लगाएर काठमाडौँ लगिएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा सात जनामा कोरोना पुष्टि

६ असार २०७८, आईतवार ११:०२
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बर्दियामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बर्दियामा दोस्रो लहरमामात्रै कुल संक्रमितको संख्या ५ हजार ४ सय ८५ पुगेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनमा खटिनुभएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । बर्दियामा अहिले पनि ५ सय ७९ जना […]

सम्बन्धित