प्रथम बागेश्वरी कपमा भैरवप्रसाद गण विजयी

सदरलाइन संवाददाता १८ आश्विन २०७८, सोमबार १७:४०
 

नेपालगञ्ज : रोयल नेपालगञ्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा विजयी भएको छ ।

भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणलाई खेमराज शर्माले ५६ मिनेटमा अग्रता दिलाएका थिए । ६१ मिनेटमा संगम चौधरीले गोल गर्दै भैरवप्रसाद गणको अग्रता फराकिलो बनाए । ६८ मिनेटमा खेमराज शर्माले अर्को गोल गरेपछि भैरवप्रसाद गण सहजै विजयी भएको थियो ।

मध्यान्तरसम्ममा कडा चुनौती दिएको युनाइटेड क्लव पहिलो गोल खाएपछि खस्किएको थियो । एक गोलको अग्रतापछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की नै मैदानमा उत्रिएका थिए । गणपति नै मैदानमा उत्रिएपछि सेनाको खेलाडीको हौसला अझ बढेको थियो ।


यो खेलमा भैरवप्रसाद गणका युद्ध शाही म्यान अफ द म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।

नेपालगञ्ज रंगशालामा चलिरहेको क्लवस्तरीय प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितीय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–दाङको सिमामा बाघको समुहनै देखियो

१८ आश्विन २०७८, सोमबार १७:४०
नेपालगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाँकेको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा पनि चितुवा र बाघको समुह देखा परेको छ । आइतवार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको भन्दै सावधानी अपनाउन डिभिजन वन कार्यालय लमहीले आग्रह गरेको छ । वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, […]