सदरलाइनडटकम,
खजुरा (बाँके) : लागुपदार्थ न्यूनीकरणका लागि खजुरा गाउँपालिकामा प्रयास थालिएको छ । गाउँपालिकाअन्तर्गत ८ वटै वडामा लागुपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि अभिमुखिकरण सञ्चालन गरिएको छ ।
यसपछि टोल टोलमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने खजुरा गाउँपालिकाले जनाएको छ । लागुऔषध दुव्र्यसनमा खजुरा क्षेत्र पनि अछुतो नभएकाले उक्त क्षेत्रबाट लागु औषध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यले खजुरा गाउपालिकाले अभियान सञ्चालन गरेको हो ।
वडा नं. ८ रनियापुरमा शनिवार आयोजित अभिमुखीकरण कार्यक्रममा स्थानीय अगुवाले आफ्नो ठाउँ टोलमा हुने लागु औषध दुव्यसन बिरुद्ध लाग्ने बताएका छन् । बाँके जिल्लामा करीब २५ हजार जनसंख्या लागु पदार्थ दुव्र्यसनको जोखिममा रहेको तथ्याङकले देखाएको छ । जसमा ५ हजार पुरुष र ६ सय महिला लागु औषधको कुलतमा फसेको सरकारी तथा गैरसरकारीको तथ्याङ्कमा उल्लेख छ ।
प्रयास नेपालका दीपकराज श्रेष्ठले अगुवालाई सहजीकरण गर्ने बताए । कार्यक्रममा खजुरा गाँउपालिकका बिज्ञ पुर्णचन्द्र उपाध्यायले भने सडक, बिद्युत, खानेपानीलगायत विकासका पूर्वधारले मात्र खुशी ल्याउँदैन खुशी ल्याउन समाज र घरघरमा खुशी हुनुपर्ने बताए । वडा नं. ८ का वडा अध्यक्ष फिरोज खानले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।